प्रदेश १ का वनमन्त्री थापाको निधन

हेटौंडा टुडे
२३ कार्तिक २०७९, बुधबार १४:१८

हेटौडा। प्रदेश १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । डेंगुबाट संक्रमित ५६ बर्षिय थापाको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको हो । मोरङ क्षेत्र नम्बर ३९१० मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार समेत रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा माग्दै सामाजिक सञ्जालमा लेखेका थिए । उनलाई मंगलबार मात्र ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*