निर्वाचन जितेको खण्डमा मल कारखाना संचालन गर्छु : पराजुली

हेटौंडा टुडे
२३ कार्तिक २०७९, बुधबार २१:१४

हेटौंडा ।  मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर १ को (ख) प्रदेश सभा सदस्य पदमा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता अनन्दराम पराजुलीले आसन्न निर्वाचनमा आफुलाई मतदान गरी जिताए जिल्लामा मल कारखाना उद्योग संचालनमा ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका निर्वाचनको प्रचार–प्रसार कार्यक्रम अन्तरगत लोकतान्त्रिक बाम गठबन्धनको बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ मा भएको घरदैलो एवम् चुनावी कोणसभामा बोल्दै आफुले चुनाव जितेको खण्डमा ५ वर्षको कार्यकालभित्र जिल्लामा मल कारखाना संचालन गर्ने बताएका हुन् । उनले नेकपा एमालेका सरकार हुँदा ठूलो सपना देखाएर आफनो पहुँचवाला कार्यकार्तालाई मात्रै फाइदा पुर्याएको बताउँदै जिल्लामा रहेका गरीब जनता, नमिुखालाई पछि पारेको आरोप लगाए । पराजुलीले भने, ‘राजनिति भनेको सेवा हो, पैसा होइन । हामी कमाउन आएका होइनौं, जनताको सेवा गर्न आएका हौं । हाम्रो उद्देश्य भनेको गरीबलाई गरिबीबाट उकास्ने हो । त्यसको लागि गठबन्धन सरकारले सक्दो कोसिस गर्नेछ ।’ उनले अहिले चुनाव आएसी एजेण्डा केही नभएका उम्मेदवारहरु आएर अन्तिम पटक भन्दै भोट माग्दै हिड्ेको बताउँदै पटक–पटक जनतालाई झुक्याउने काम गरेको आरोप लगाए । उनले ‘हरेक ५/५ वर्षमा अन्तिम पटक भन्दै जनतालाई झुक्याउने काम गरेको छ । अन्तिम पटक भन्ने पनि एजेण्ड हुन्छ ?’ भन्दै प्रश्न समेत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*