हेटौडा-मंगलबार १ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि सोमबार ९४ करोड तथा आइतबार ७७ करोडको कारोबार भएको थियो । कारोबार रकम बढे पनि नेप्से परिसूचक भने ६.५९ अंक घट्यो । नेप्से १८९७ अंकमा अडिएको छ ।
बैंकिङ १, जीवन बीमा ७ र ब्यापार उपसमूह ५ अंक बढे । विकास बैंक ४५, फाइनान्स २५, होटल २१, जलविद्युत् १८, जीवन बीमा ११, उत्पादन ६४, माइक्रोफाइनान्स २५ र अन्य उपसमूह ६ अंक घटे । कुल ४३ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने ९ को स्थिर रह्यो । पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सी तथा सिक्लेस हाइड्रोको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी क्रमश: अगाडि रहे ।
सेयर गर्नुहोस्