हेटौडा- बुधबार नेपाली बजारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने ३० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला ९८ हजार २०० रुपैयाँ रहेको छापवाल सुनको भाउ बुधबार बढेर ९८ हजार ४०० रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि तेजावी सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदीको भाउ प्रतितोला एक हजार ३२५ रुपैयाँ रहेको थियो ।
सेयर गर्नुहोस्