सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ मंसिर १९, सोमबार १५:१५ गते

हेटौंडा | सोमबार नेपाली बजारमा सुनको मूल्य तोलाको लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

विवाहको मौसम भएकाले पनि मंसिर लागेसँगै सुनचाँदीको मागमा उच्चता आएको र मूल्य लगातार वृद्धि भइरहेको महासंघको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*