सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार ११:३५ गते

हेटौंडा| शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ। सात महिनापछि सुनको मूल्य एक लाख रुपैयाँ नाघेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ तोकेको छ। यस अघि गत वैशाख १२ गते, छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार छापावाल सुन ९९ हजार ७०० रुपैयाँ कारोबार भएको थियो ।

सुनसँगै यस दिन चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*