हेटौंडा । होटल बासुकला फास्टफुड आजबाट २८ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्ष पूरा गरि २८ बर्षमा प्रवेश गरेको अबसरमा होटेलले हरेक परिकारमा १० प्रतिसत छुटको ब्यबस्था गरेको छ । यो अफर सिमित समयको लागि रहेको होटलले जनाएको छ ।
हेटौंडा ४ पारिजत पथमा रहेको यो होटलले विभिन्न खाजाका परिकारहरु आफ्ना ग्राहक बर्गमा उपलब्ध गराउदै आएको छ । विशेष गरी यो होटल बिगत २७ बर्ष देखि नेवारी खाजा घरको रुपमा हेटौंडामा चिर परिचित रहेको छ । साथै होटलमा भेज, चिकेन र बफ आईटमहरु जस्तै म; म चाउमिन, खाजा सेट, नेवारी मौलिक खाजा बारा , यामरी लगाएका स्वादिष्ट परिकारहरु सुपथ मुल्यमा पाईने होटलले जनाएको छ । २०५२ सालबाट सुरु गरिएको यो होटलले ग्राहकलाई छुटको व्यवस्था सहित अफिस तथा घरको लागि फ्री होम डेलिभरिको ब्यबस्था रहेको होटलका संचालक बिकास बासुकलाले हेटौंडा टुडेलाई जानकारी दिनुभयो ।






















