हेटौंडा | नेपाली बजारमा प्रतितोला सुनको मूल्य १ लाख नाघेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुन १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै ,आज तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यसँगै चाँदी पनि बढेको छ। आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तराष्ट्रिय बजारमा सुन चाँदीको मूल्य बढिरहेको छ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको असर नेपालमा पर्ने गदर्छ।
सेयर गर्नुहोस्






















