सुन-चाँदीको भाउ घट्यो

हेटौंडा टुडे
२०७९ मंसिर २६, सोमबार १२:२९ गते

हेटौंडा | सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १४ सय रुपैयाँ कायम रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*