सेयर बजारमा गिरावट

हेटौंडा टुडे
२०७९ मंसिर २७, मंगलवार १५:५८ गते

हेटौंडा | सेयर बजार सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक २.५७ अंकले घटेर १८९०.७० विन्‍दुमा झरेको छ।

नेप्से घटेसँगै कारोबार रकम सोमबारको तुलनामा घटेको छ।

यसदिन २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता सेयर ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँमा कारोबार भयो।

अघिल्लो कारोबार दिन सोमबार १ अर्ब ३६ करोड बढी मूल्यको सेयर खरिदबिक्री भएको थियो। सो दिन नेप्से परिसूचक १६.९६ अंकले बढेर १९०२.२७ विन्दुमा पुगेको थियो।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेर बन्द भएको थियो। सो दिन १ अर्ब १० करोड बढिको कारोबार भएको थियो।

यसदिन कारोबारमा आएका १३ समूहमध्ये ९ को सूचक घट्यो भने ४ को बढ्यो।

हाइड्रोपावर, माइक्रो फाइनान्स, म्यचुअल फन्ड र नन  लाइफ इन्स्योरेन्सको सूचक सकारात्मक देखिँदा बाँकी समूहको सूचक नकारात्मक देखिएको हो।

कारोबार रकमका आधारमा नविल बैंक अग्रस्थानमा रह्यो। सो बैंकको ७ करोड १७ लाम मूल्य बराबरको सेयर कारोबार भयो।

यस्तै नेपाल दूरसंचार कम्पनी ६ करोड मूल्य बढिको सेयर कारोबार गरी दोस्रो स्थानमा रहयो भने सुमित लघुवित्त वित्तीय संस्था ४ करोड बढिको सेयर कारोबार गरी तेस्रो स्थानमा रह्यो।

सामान्य अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*