सुनको मूल्य बड्यो

हेटौंडा टुडे
२०७९ मंसिर २८, बुधबार ११:४७ गते

हेटौंडा | स्थानीय बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ कारोबार भएको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*