सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०७९ पुष १, शुक्रबार १२:०० गते

हेटौंडा | साप्ताहिक कारोबारको अन्तिम तथा पुस महिनाको पहिलो कारोबार दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ।

४०० रुपैयाँ घटेसँगै सुनको मूल्य प्रतितोला १ लाखभन्दा तल झरेको छ। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको थियो। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय र तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

मंसिर २३ गते तोलामा ६ सय रुपैयाँ बढेर सुनको मूल्य १ लाखभन्दा माथि पुगेको थियो। त्यसयता मूल्यमा लगातार गटबढ भइरहे पनि लाख माथिकै मूल्यमा कारोबार भइरहेको थियो।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*