भारतीय आयल कर्पोरेसनले इन्धनको मुल्य घटाएर पठायो

हेटौंडा टुडे
२०७९ पुष १, शुक्रबार १६:४५ गते

हेटौंडा | भारतीय आयल कर्पोरेसन ( आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मुल्य पुन घटाएर नयाँ सुची पठाएको छ । शुक्रबार पठाएको सुची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा घटेर आएको छ भने डिजेल १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटाएर पठाएको हो ।

यो पटक पनि मुल्य सुची घटेर आए उपभोक्ताका लागि इन्धनको मुल्य घटाउने तयारीमा निगम रहेको निगम स्रोतको दाबी थियाे । अहिले निगमलाई पेट्रोलमा करिब २० रुपैयाँ , डिजेलमा १३ रुपैयाँ नाफा रहेको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य लगातार ओरालो लागेपछि इन्धनको भाउ पनि घटेर आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*