नेप्से परिसूचक५.८९ अंकले घट्यो

हेटौंडा टुडे
२०७९ पुष ६, बुधबार १६:१५ गते

हेटौंडा| साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ५.८९ अंकले घटेर १८६७.२२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३१ अङ्कले बढेर ३६५.३४ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८६ करोड ३८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ। यसको आज ११ करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा शिवम् सिमेन्टको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचकमा बैंकिङ्ग बाहेक सबै उपसुचक घटेको छ। आजको कारोबारमा आधीखोला लघुवित्त र सृजनसिल लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, पन्चकन्या माई हाइड्रोपावर र गुडविल फाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*