हेटौंडा| सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५६.८६ अंकले बढेर १९२४.०७ अंकमा बन्द हुन पुुग्यो । अर्थ मन्त्रालयमा एमालेका विष्णु पौडेल आउने भएसँगै लगानीकर्ता उत्साहित बन्दा समग्र बजार नै हरियाली बन्न पुग्यो ।
बजार सुरु भएबाटै नेप्से सूचक क्रमश: उकालो लाग्दा कारोबार पनि २ अर्बभन्दा बढी भएको छ । आज २ सय ५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोड रुपैयाँमा कारोबार भएको हो ।
बढेको बजारमा २ सय ३ कम्पनीको शेयरमूल्य बढेको छ भने चार कम्पनीको शेयरमूल्य घटेको छ । बढ्नेमा गोर्खाज फाइनान्स अगाडि छ । यो कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो भने धौलागिरी, खप्तड, सिर्जनशील लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य सर्किट लेबलमै बढ्न पुग्यो ।
यता पछिल्लो केही दिनदेखि लगातार शेयरमूल्य बढाएको नेपाल दूरसंचार र सीवाईसी लघुवित्त भने आज करेक्सनमा जाँदा क्रमश ५.५६र ४.६७ प्रतिशतले घट्न पुुग्यो ।
कारोबारमा भने आज दूरसंचार नै अगाडि छ । यो कम्पनीको २० करोडको शेयर कारोबार भएको हो ।






















