सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार ११:५३ गते

हेटौंडा|साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २०० रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार भने सुनको कारोबार अघिल्लो दिन (आइतबार)कै दररेटमा भएको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ५०० र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।

मंगलबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार पनि चाँदीको सोमबारकै दररेटअनुसार प्रतितोला १ हजार ३९० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।   

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*