प्री ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढ्यो

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार ११:५८ गते

हेटौंडा| सेयर कारोबारको तेस्रो दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक ४.७२ अंकले बढेर १९२८.८१ विन्दुमा पुगेको छ।

यो समयमा ८१ पटक सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ९ करोड ७० लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको  थियो।

आज प्री ओपन सेसनमा ४१ कम्पनीको ९ हजार ८७२ कित्ता सेयर ३५ लाख २८ हजार ३९९ रुपैयाँमा खरिदबिक्री भएको छ।

कारोबारमा  आएका कम्पनीमध्ये ३३ को मूल्य बढ्यो भने १ को घटेको छ। बाँकी ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*