सुनचाँदीको मूल्यमा वृद्धि

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार १२:३३ गते

हेटौंडा| साताको चौथो दिन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।बुधबार सुनको मूल्य तोलामा ४ सय रूपैयाँले बढ्दा चाँदीको मूल्यमा १० रूपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार १ लाख ७ रूपैयाँ तोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार १ सय रूपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य मंगलबार १ लाख २ सय हुँदा बुधबार तोलको १ लाख ६ सय रूपैयाँ कायम भएको छ।

चाँदीमा पनि १० रूपैयाँ वृद्धि भएर तोलाको १ हजार ४ सय रूपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलाको १ हजार ३९० रूपैयाँ प्रतितोला कारोबार भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*