साढे ४ अर्ब बराबरको पुरानो नोट राष्ट्र बैङ्कले जलायो

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार १३:४४ गते

हेटौंडा| नेपाल राष्ट्र बैङ्कले एक वर्षमा करिब साढे ४ अर्ब बराबरको पुराना नोट जलाएको छ । एक रुपैयाँ दरदेखि हजार रुपैयाँसम्मको गरी २ करोड २५ लाख २३ हजार थान पुराना नोट केन्द्रीय बैङ्कले जलाएको हो । गत आर्थिक वर्ष २०७८/७९ मा यो रकम जलाइएको गरिएको केन्द्रीय बैङ्कले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा बैङ्क तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले यस बैंकमा जम्मा गर्न/सट्टाभर्ना गर्न ल्याएको झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका गरी ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरका नोटहरू जलाइएको गरिएको हो ।

एक हजार रुपैयाँ दरको १८ लाख ५१ हजार थान नोट जलाइएको छ भने ५०० दरको ३३ लाख २२ हजार थान, १०० रुपैयाँ दरको ५५ लाख ७४ लाख, ५० रुपैयाँ दरका ६१ लाख तीन हजार, २५ रुपैयाँको दुई हजार थान, २० रुपैयाँ दरका ३१ लाख तीन हजार थान, १० रुपैयाँ दरका १४ लाख १८ हजार थान, ५ रुपैयाँ दरका १० लाख ३० हजार थान, दुई रुपैयाँ दरका २५ हजार र एक रुपैयाँ दरका सात हजार थान नोट जलाइएको केन्द्रीय बैङ्कले जनाएको छ ।

यता गत आर्थिक वर्ष राष्ट्र बैङ्कले ६३ करोड ६० लाख थान नयाँ नोट पनि निष्कासन गरेको छ । बैकले ५२ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको सो संख्याको थान नोट जारी गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*