हेटौंडा| प्रि ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले बढेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा अडिएको छ । यो सेसनमा २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३ सय १२ कित्ता सेयर खरिदबिक्री भएका छन् । यो सेसनमा कुल १५ वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
सेयर गर्नुहोस्






















