जनता समाजवादी पार्टीले थाल्यो नेपालले विधान अधिवेशनको तयारी

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १३:१९ गते

हेटौंडा| जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनको तयारी थालेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो सांगठनिक अनुभव, प्रमख राजनीतिक दलका सांगठनिक पद्दति र संरचनाबारे अध्ययन थालेको छ । साथै संघीय र समाजवादी मुलुकका तत् सम्बन्धि दस्तावेजहरु प्नि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ।

जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिले संगठनहरु गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय संगठन विभागले मातहतका पार्टी संगठन,समितिहरु र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ ।

आगामी चैत्र सम्ममा विधान अधिवेशन गर्ने र जेष्ठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*