साझा बसमा यात्रा राष्ट्रपति विद्यादेवी भण्डारीको

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १५:१३ गते

हेटौंडा| राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छन्।

शनिबार ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन उनी बस चढेकी हुन्। साझा यातायातको बिजुली बसमा चढेर उनी पिम्बहाल पुगेकी हुन्।

उनलाई लिन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवासमा पुगेको थियो।

उनी त्यहाँबाट ललितपुरको पाटन ढोका बसपार्कमा ओर्लिएकी थिइन्।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले उनको स्वागत गरेका थिए। त्यसलगत्तै उनले पाटन ढोकामा रहेको मदन पुस्तकालयको अवलोकन समेत गरेकी छन्। सा.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*