आन्तरिक हवाई भाडा घट्यो

हेटौंडा टुडे
२०७९ पुष २५, सोमबार १५:१२ गते

हेटौंडा| आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ। घटेको भाडा पुस २७ गतेदेखि लागू हुने वायुसेवा सञ्चालक संघले जनाएको छ।

आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ प्रतिलिटर घटाएसँगै हवाई भाडा पनि घटेको हो। सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटमा ८८५ रुपैयाँ भाडा घटेको छ। सबैभन्दा कम भने काठमाडौं–सिमरा रुटमा १८० रुपैयाँ घटेको छ। काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा ६५० रुपैयाँ कम भएको छ

घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५ हजार १०५ रुपैयाँ लाग्छ भने  धनगढीका लागि ७ हजार ५१० रुपैयाँ भाडा लाग्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*