एकैदिन ६ अर्बले बढ्यो निक्षेप

हेटौंडा टुडे
२०७९ पुष २६, मंगलवार १५:१९ गते

हेटौंडा| बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ६ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पौष २४ गते, आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष २३ गते, शनिबारसम्म बैंकहरूकाे निक्षेप ५३ खर्ब १४ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ६ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ५ अर्बले बढेर ४६ खर्ब ९० अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ३ अर्बले बढेर ४७ खर्ब ७३ अर्ब रूपैयाँ पुगेकाे छ । वाणिज्य बैंकहरूकाे कर्जा लगानी पनि ३ अर्बले बढेर ४२ खर्ब २६ अर्ब रूपैयाँ पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.४४ प्रतिशतबाट घटेर ८६.४० प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*