नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास शुरू

हेटौंडा टुडे
२०७९ पुष २६, मंगलवार १६:३१ गते

हेटौंडा| एक्स-टेक नेल-२३-३०११ नाम दिइएको संयुक्त अभ्यासमा उच्च हिमाली तथा पहाडी क्षेत्रमा खोज तथा उद्धार, जल उद्धार, हवाई उद्धार सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संयुक्त अभ्यासमा ४५ जना नेपाली सैनिक र १९ जना अमेरिकी सैनिक सहभागी छन्।

संयुक्त अभ्यास काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा माघ १९ गतेसम्म चल्ने छ। नेपाली सेनाले अमेरिका सहित भारत र चीनसँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। लामो समयदेखि अमेरिका र भारतसँग मात्र यस्तो अभ्यास हुँदै आए पनि २०७३ देखि भने चीन समेत जोडिएको थियो।

नेपाली सेनाले बहुपक्षीय सैनिक अभ्यास पनि आयोजना गर्दै आएको छ। शान्ति स्थापनामा अनुभव भएका मुलुकलाई समेटेर सेनाले बहुपक्षीय सैन्य अभ्यास चलाउने गरेको छ। यस्ता अभ्यासबाट सेनाको क्षमता अभिवृद्धि हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध कसिलो हुन पनि मद्दत पुग्ने सेनाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*