सुनको भाउ बढ्यो

हेटौंडा टुडे
२०७९ माघ १, आईतवार १२:२२ गते

हेटौंडा| कारोबारको पहिलो दिन आइतबार सुनको भाउ यो वर्षकै उच्च स्तरमा पुगेको छ।

आज प्रतितोला छापावाल सुन १ लाख ५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५०० रुपैयाँ कायम भएको छ। जुन यो वर्षकै उच्च हो।

यसअघि सुनको भाउ गत वर्ष फागुन २५ गते हालसम्मकै उच्च स्तरमा पुगेको छ। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको छ। गत शुक्रबार प्रतितोला छावावाल सुन १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीभाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*