ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १, आईतवार १२:३३ गते

हेटौंडा| रोल्पाको गंगादेव गाउँपालिका वडा नम्वर ४ सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

गंगादेव गाउँपालिका–७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा १ त ४१६१ नम्वरको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टर चालक २२ वर्षीय अमर वली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक वली गंगादेव–७ तिम्ले निवासी हुन् । दुर्घटनामा परेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घनामा परेर ट्याक्टरमा सवार गंगादेव–७ का १७ वर्षीय राजेश केसी र सोही ठाउँका २२ वर्षीय विरवर केसी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*