दुर्घटनाग्रस्त जहाजमा ११ जना विदेशी नागरिक सहित ६८ यात्रु थिए

हेटौंडा टुडे
२०७९ माघ १, आईतवार १३:१५ गते

हेटौंडा| काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।
जहाज पाइलट कमल केसीले उडाएका थिए।

यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु छन्।  जसमा ४१ जना महिला र २७ पुरूष छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*