बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

हेटौंडा टुडे
२०७९ माघ १, आईतवार १५:०२ गते

हेटौंडा| आइतबार माघ १ मा मनाइँदै गरिएको माघे संक्रान्तिका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले प्रेस विज्ञप्ती जारी गर्दै माघे संक्रान्तिको शुभकामना व्यक्त गरेका हुन् । उनले जारी गरेको विज्ञप्तीमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर संक्रान्ति वा माघी पर्वका रुपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको उल्लेख गरिएको छ ।

नेपालमा मनाइँने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्दै शर्माले यस्ता पर्वले नेपालीहरुलाई एउटै सुत्रमा बाँध्ने काम गरेको बताए । जारी विज्ञप्तीमा भनिएको छ, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरु राष्ट्रिय पर्व हुन्।’प्रमुखको शुभकामना सन्देशमा भनिएको छ,‘हाम्रा पर्वहरुले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सुत्रमा बाँध्ने काम गरेको छ।’

माघी पर्वले एक आपसमा सद्भाव,सहिष्णुता र प्रगाढ पारस्परिक सम्बन्ध अभिवृद्धि गराउन थप मदत पुग्नेछ भन्ने विश्वास लिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*