सुनको मुल्य घट्यो

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १३:०६ गते

हेटौंडा| सुन आज प्रतितोला सय रुपैयाँले सस्तो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख ५ हजार १ सय रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो।

अघिल्लो दिन ती सुन क्रमशः १ लाख ५ हजार २ सय र १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि आज १० रुपैयाँ सस्तो भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*