हेटौंडा| साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ।
बुधबार सुनको मूल्य तोलामा ६०० रूपैयाँले गिरावट आउँदा चाँदी तोलामा १५ रूपैयाँले घटेको हो
घटेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि मंगलबार सुनकाे मूल्य ताेलामा १ सय रूपैयाँ घटेकाे थियाे।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँ कायम भएको छ।
महासंघका अनुसार बुधबार चाँदीको प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो।
सेयर गर्नुहोस्






















