हेटौंडा| सभामुखको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई भोट दिने निर्णय गरेको छ।
बिहीबार बसेको जसपा संसदीय दलको बैठकले एमाले उम्मेदवार घिमिरेलाई भोट दिने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। बुधबार बसेको बैठकले कुनै निर्णय गर्न सकेको थिएन।
यसअघि जसपा अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरूले नेपाली कांग्रेसका नेताहरूसँग पनि छलफल गरेका थिए। विपक्षी गठबन्धन बनाउने विषयमा छलफल भएको थियो।
प्रतिनिधि सभामा आज सभामुखको निर्वाचन हुँदै छ। सभामुखका लागि एमालेबाट घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेदवार रहेका छन्।
सेयर गर्नुहोस्


















