नेप्से ५ अंकले वृद्धि

हेटौंडा टुडे
२०७९ माघ ५, बिहीबार १५:३२ गते

हेटौंडा| बिहीबार सेयर बजार सूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । अघिल्लो दिन ९ अंकले घट्दै २१७३.१० अंकमा ओर्लिएको नेप्सेमा आज ५.७१ अंकको वृद्धि हुँदै २१७८.८१ अंकमा उक्लिएको हो ।

तर, आज अघिल्लो दिनको तुलनामा सेयर कारोबारमा भने घट्न पुगेको छ । अघिल्लो दिन ९ अंकले घटेको बजारमा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार हुँदैगर्दा आज जम्मा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*