सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ माघ ६, शुक्रबार १२:२१ गते

हेटौंडा| शुक्रबार एकै दिन सुन प्रतितोला सात सय रुपैयाँ महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै छापावाल सुन १ लाख ५ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।

अघिल्लो दिन भने छापावाल सुन १ लाख ४ हजार ५ सय र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। अघिल्लो दिन १ हजार ३ सय ५५ रुपैयाँमा झरेको चाँदी आज प्रतितोला फेरि १ हजार ३ सय ७५ रुपैयाँ पुगेको हो।

नेपालमा सुनको मूल्य बढे पनि अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔँस ६.७९ डलरले घटेर १ हजार ९ सय २५ अमेरिकी डलर पुगेको गोल्डप्राइस डट ओआरजीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*