रौतहटमा आगो ताप्ने क्रममा जलेर तीन जना घाइते

हेटौंडा टुडे
२०७९ माघ ६, शुक्रबार १५:२५ गते

हेटौंडा| रौतहट जिल्लाको दुर्गाभगवत गाउँपालिका-३ मत्सरीका तीन जना जलेर घाइते भएका छन्।

आगो ताप्ने क्रममा जलेर महिला, नवजात शिशुसहित तीन जना घाइते भएका हुन्।

चिसो छल्न शुक्रबार बिहान आगो ताप्ने क्रममा अजय दासको २० वर्षीया श्रीमती रमितादेवी दास गम्भीर घाइते भएकी छिन्। गम्भीर घाइते महिलाको गौर अस्पतालमा उपचार भइरहेको छ।

महिलासँगै काँखमा रहकी चार महिनाको बालिका सन्ध्याकुमारी दास र आगो निभाउन खोज्दा महिलाको देवर विजय सामान्य घाइते भए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*