प्रधानमन्त्री प्रचण्ड र रुइतबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ ८, आईतवार १२:४३ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तिलगगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतबीच शनिबार भेटवार्ता भएको छ।

भेटवार्ताक्रममा प्रधानमन्त्री प्रचण्डले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गरेका छन्।

शनिबार बालुवाटारमा भएको भेटमा प्रचण्डले भने, ‘मानिक विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ। यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।’

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शीर उच्च राखेको बताए। ‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ’ उनले भने, ‘मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो।’

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*