चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला

हेटौंडा टुडे
२०७९ माघ ८, आईतवार १७:१९ गते

हेटौंडा| चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो ।

गैंडाको बच्चा प्राकृतिक कारणले मरेको उनको दावी छ । ‘गैंडाको बच्चा मरेको अवस्थामा भेटिँदा माउ पनि सँगसँगै थियो, मरेको बच्चाको माया लागेर होला साथ छाडेको थिएन’ सूचना अधिकारी तिवारीले भने, ‘हाम्रो टोली घटनास्थलमा पुगेपछि छाड्यो ।’

बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।

निकुञ्जको कावासोती क्षेत्रमा माघ ६ गते गैंडाका आमाछोरा तस्करहरूले मारेको पर्सिपल्ट नै गैंडाको बच्चा मरेको हो । चालू आर्थिक वर्षमा योसहित ११ गैंडा मरेका छन् । ती मध्ये ३ गैंडा चोरी शिकारीले मारेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*