चुनिखेलमा बसको ठक्‍करबाट बालिकाको मृत्यु

हेटौंडा टुडे
९ माघ २०७९, सोमबार १७:०९

हेटौंडा| काठमाडौंको बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ९ बजे बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बसले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको हो।

बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया नाबालिकालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले उनलाई तत्काल करूणा अस्पताल लगेको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।

खोटाङ हलेसी तुवाचुङ गाउँपालिका वडा नं ५ घर भई हाल बुढानिलकण्ठ तल्लो भंगालमा डेरा गरी बस्ने २५ वर्षीय देलिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।

दुर्घटनापछि स्थानीयले केही सवारी साधनमा क्षति समेत पुर्‍याएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरू महाराजगञ्ज, बौद्ध, गौशाला र प्रहरी प्रभाग बुढानिलकण्ठ, कपनबाट प्रहरी परिचालन गराइएको छ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*