हेटौंडा| दाङमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा माेटरसाइकल चालक घोराही उपमहानगरपालिका-१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुनमगर रहेका छन् ।
ठक्करबाट घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि थप उपचारका लागि भैरहवा लैजाँदा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रोल्पाबाट घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले रा ६ प ८९५० नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा ठक्कर दिएको थियो । प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।
सेयर गर्नुहोस्






















