हेटौंडा । ५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीको नजिकै आएको छ । यो पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आउँदो बिहीबार फ्रेबुअरी २ मा आउने खगोलशास्त्रीहरुले बताएका छन् ।
पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आउँदा पृथ्वी र पुच्छ्रेताराबीचको दुरी २ करोड ६४ लाख किलोमिटर हुने बताइएको छ । यो दुरी पृथ्वी र चन्द्रमाबीचको दुरीको १ सय १० गुणा बढी हो ।
त्यस दिन उत्तरी गोलार्द्धबाट ध्यानपूर्वक हेर्दा यो तारालाई खुला आँखाले देख्न सकिने सम्भावना रहेको खगोलशास्त्रीहरूले बताएका छन् ।
सेयर गर्नुहोस्


















