बर्दियामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

हेटौंडा टुडे
२०७९ माघ १७, मंगलवार १४:३७ गते

हेटौंडा| बर्दियाको बाँसगढी नगरपालिका-५ मा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-२ का ५६ वर्षीय भागिराम थारु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।

भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*