चुरियामाई मन्दिर परिसरमा एक पुरुषको शव फेला

हेटौंडा टुडे
२८ फाल्गुन २०७९, आईतवार ११:५४

हेटौंडा |  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाई मन्दिर परिसरमा एक व्यक्तिको शव फेला परेको छ ।

चुरियामाई मन्दिर छेउको सिढीमा हाल नामथर वतन नखुलेको अन्दाजी ५५/६० वर्षीय पुरुषको शव फेला परेको हो ।

शनिबार शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार ती पुरुष लामो समयदेखि मन्दिरमा बस्दै गरेको जोगी रहेका छन् ।

मृतकको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*