कैलाश गाउँपालिकामा जंगलबाट फैलिएको आगोले एक घर जलेर नष्ट

हेटौंडा टुडे
१७ चैत्र २०७९, शुक्रबार १५:५३

 हेटौंडा ।कैलाश गाउँपालिकामा जंगलबाट फैलिएको आगोले एक घर जलेर नष्ट भएको छ ।

जंगलमा लागेको आगो हावाको कारण घरमा सल्कँदा कैलाश गाउँपालिका-७ ससिङका फुल बहादुर चेपाङको १ तल्ले कच्ची घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आगलागीबाट घर, अन्नपात, भाडाकुँडा, लत्ताकपडा, सोलार प्यानल सुनका गहना र नगद ८० हजार गरि करिब ६ लाख ७५ हजार रूपैयाँ बराबरको क्षती भएको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*