हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडा टुडे
२०८३ जेष्ठ १२, मंगलवार १५:५७ गते

हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

मकवानपुरको मनहरी गाउँपालिका–३ घर भई हाल हेटौंडा उपमहानगरपालिका–१ चौकिटोल तरकारी मण्डीस्थित डेरामा बस्दै आएका ४५ वर्षीय रामलाल ब्लोनले आफ्नी ४२ वर्षीया श्रीमती ओमकुमारी भुजेललाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार बिहान करिब १०ः३० बजे श्रीमानले श्रीमतीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर अवस्थामा रहेकी ओमकुमारीलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा बिहान ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकको मुख, दुवै हातखुट्टा तथा ढाडमा निलडाम चोट देखिएको छ। कुटपिटमा संलग्न श्रीमान रामलाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*