हेटौंडा|लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुटवलमा आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन्।
आजै ३ मन्त्रीले समेत शपथ लिएका छन्। यो सँगै लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ।
माओवादी केन्द्रका धनबहादुर मास्के, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले प्रदेश प्रमुखबाट शपथ लिएका हुन्। उनीहरूको मन्त्रालय तोकिएको छैन।
सेयर गर्नुहोस्