‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक

हेटौंडा टुडे
१७ बैशाख २०८०, आईतवार १५:०८
Featured Video Play Icon

हेटौंडा| शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘प्रसाद २’ । फिल्म रिलिज भएको तेस्रो दिन अर्थात आइतबार निर्माण युनिटले ‘क्रान्ति’ बोलको गीत सार्वजनिक गरेको छ ।

राजनीतिक गतिविधि देखाइएको गीतमा फिल्मका मुख्य कलाकार विपिन, केकी, अर्पण लगायतको अभिनय छ । गीतले विद्रोहको कुरा गर्छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी छ ।

सुभा थापाको प्रस्तुतिमा तयार भएको फिल्मको यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*