बाढीले बगाउँदा दुई जनाको मृत्यु

हेटौंडा टुडे
२४ श्रावण २०८०, बुधबार १२:४१

 हेटौडा। सर्लाहीमा खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका(७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । त्यस्तै सर्लाहीको बरहथवा नगरपालिकाहजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा खेतमा काम गर्न गएका रौतहटको गढीमाई नगरपालिका(२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो । उनलाई स्थानीयले उद्धार गरी अस्पताल लगे पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*