हेटौंडामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

हेटौंडा टुडे
२०८० आश्विन २२, सोमबार ११:४२ गते

हेटौंडा ।   हेटौंडामा सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एकजना साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ ।आइतबार साँझ हेटौंडाबाट हात्तीसुँडे जाँदै गरेको ना।६ प।७१२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री हेटौंडा-१७ हटिया बस्ने ५० वर्षीय धर्मराज पौडेल गम्भीर घाइते भएका थिए ।

उनको चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट पौडेलको टाउकोमा गम्भीर चोट लागेको थियो ।

पौडेललाई हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन रिफर गरिएको थियो । पौडेललाई ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*