हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं-१० कर्रामा क्रेनले किच्दा एक जनाको मृत्यु भएको छ । प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेनले किच्दा सोही क्रेनको सहचालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नं।३० बस्ने २८ बर्षीय सान बाबु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा ब्याक गर्ने क्रममा क्रेनले किच्दा पासवानलाई गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सेयर गर्नुहोस्