अवैध लागूऔषध सहित मकवानपुरका थिङ्ग पक्राउ

हेटौंडा टुडे
२०८० आश्विन २६, शुक्रबार १२:३६ गते

हेटौंडा । महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-२ बस्ने २२ वर्षीय विशाल थिङ्ग रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले बिहिबार ट्रकका सह–चालक थिङ्गलाई करिब ४ सय ५ किलो लागूऔषध गाँजा सहित पक्राउ गरेको हो । जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना।६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका थिङ्गलाई पक्राउ गरेको हो ।

ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*